खुम्बु जोड्ने सडक शिलान्यासमा नगरपालिकाको कदमप्रति माप्यदुधकोशीको आपत्ति

खुम्बु जोड्ने सडक शिलान्यासमा नगरपालिकाको कदमप्रति माप्यदुधकोशीको आपत्ति

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको सेर्गाखोपबाट माप्य दुधकोशी गाउँपालिका हुँदै विश्वको सर्वोच शिखर सगरमाथा रहेको खुम्बु पासाङल्हामू गाउँपालिका जोड्ने सडक कालोपत्रेको शिलान्यास विषयलाई लिएर माप्य दुधकोशी गाउँपालिकाले आपत्ति जनाएको छ ।

सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डका मेयर नाम्गेल जाङबु शेर्पाले बुधबार सडक कालोपत्रेको शिलान्यास गरेपछि गाउँपालिकाले आपत्ति प्रकट गर्दै माप्य दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिले एक विज्ञप्ति सार्वजनिक गरेको हो । अध्यक्ष बुद्धिकिरण राई,उपाध्यक्ष गौरब राई सहित गाउँपालिकाका ७ वडाका वडाध्यक्षहरु मध्ये ५ जना वडाध्यक्षहरुको हस्ताक्षर रहेको संयुक्त विज्ञप्ति प्रकाशित गरी मेयर शेर्पाको कदमले सडक कालोपत्रे गर्नका लागि पहल गर्ने पक्षहरुको अपमान भएको भन्दै उक्त कदमको भर्सना गरेका छन् ।

माप्य–खुम्बु मितेरी सडक नामाकरण गरी पूर्व संघीय सांसद हेमकुमार राईले सो सडक निर्माणमा महत्वपूर्ण भूमिका रहेको र माप्यदुधकोशी गाउँपालिका, वर्तमान सांसद मानविर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेश सांसद बुद्धिकुमार राज भण्डारी र खुम्बुपासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाको पहलमा कार्यक्रम स्वीकृत भएको उत्त विज्ञप्तिमा दाबी गरिएको छ ।

विश्वकै सर्वोच शिखर सगरमाथा रहेको पर्यटकीय गन्तव्य खुम्बु पुग्ने महत्वपूर्ण यो सडकका लागि माप्यदूधकोशी गाउँपालिकाले डिपीआर तयार गरी मन्त्रालयबाट योजना स्वीकृत गराएको तथ्य समेत ओझेलमा पार्ने काम मेयर शेर्पाले गरेको आरोप विज्ञप्तिमा लगाइएको छ । माप्यदूधकोशी गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यक्रम शुरु हुन लागेको अवस्थामा निर्माण कम्पनीको स्वीकृतिवेगर आफ्नो नाम राखेर एकलौटी ढंगले शिलान्यासको नाटक गर्नु, विगतमा भएका सहमती र सम्झौता विपरित भएको उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका