चेक बाउन्स र साइबर क्राइम मुद्दा हेर्ने अधिकार सबै जिल्ला अदालतलाई

चेक बाउन्स र साइबर क्राइम मुद्दा हेर्ने अधिकार सबै जिल्ला अदालतलाई

काठमाण्डौ । सरकारले साइबर क्राइम र चेक बाउन्स मुद्दा हेर्ने सबै जिल्ला अदालतलाई
जिम्मा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको हो ।

यसअघि सो मुद्दा हेर्ने जिम्मा उच्च, सर्वोच्चका साथै सरकारले तोकेका निश्चित जिल्ला अदालतलाई मात्रै थियो ।

यस्ता मुद्दा काठमाडौं केन्द्रित हुन थालेपछि सरकारले सबै जिल्लामै अधिकार दिने निर्णय गरेको हो । साइबर क्राइम र चेक बाउन्स मुद्दाको संख्या बढ्दै गएको तर हेर्ने जिम्मा निश्चित अदालतमा रहेकाले सेवाग्राहीले गुनासो गरिरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका