थुलुङ दुधकोशी गाउँपालिकाको बजेट क्यालेन्डर निर्माण

थुलुङ दुधकोशी गाउँपालिकाको बजेट क्यालेन्डर निर्माण

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट क्यालेण्डर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज आइतबार बसेको कार्यपालिका बैठकले उक्त क्यालेन्डर निर्माण गरेको हो ।

बजेट क्यालेन्डर अनुसार जेठ ३१ गते राजस्व परामर्श समितिको बैठक बस्ने, ३२ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक, असार १ गते विषयगत समितिको बैठक र असार २, ३ र ४ गते बस्ती/टोल स्तरबाट योजना छनौट गरिने छ । यस्तै असार ५,६ र ७ गते वडा स्तरीय योजना प्राथमिकिकरण गर्ने, ८ गते एकीकृत बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्ने, असार ९ गते कार्यपालिका बैठकबसी असार १० गते गाउँसभा हुने पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

यस्तै गाउँपालिकामा रहेका विद्यालयहरुको शिक्षक व्यवस्थापन¸ बजेट व्यवस्थापन र १२ जोड २ तहमा एकीकृत शिक्षालय निर्माण तथा संचालनको लागि शिक्षा अधिकृत गणेश गुर्धामीको संयोजकत्वमा ९ सदस्य कार्यदल गठन गरिएको छ । उक्त समितिले विद्यमान कानूनी व्यवस्था¸ बजेट व्यवस्थापन लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ । यस्तै गैर सरकारी संस्थाहरु सँग बजेट तथा कार्यक्रमको विवरण माग गर्ने पनि उक्त कार्यपालिका बैठकले निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

यस्तै कृषि उपज प्रवर्द्धन तथा बजारीकरण कार्यको लागि आर्थिक विकास समितिका संयोजक राजेशबाबू किराँतीको संयोजकत्वमा एक अध्ययन कार्यदल गठन गरिएको छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिका भित्र औद्योगिक ग्राम स्थापना गर्नको लागि महेन्द्र दिप राईको संयोजकत्वमा अध्ययन प्रतिवेदन समिति गठन गरिएको छ । उक्त समितिले जग्गा खोजी गरी स्थान सिफारिस गर्ने¸ पूर्व सम्भाव्यता अध्ययन गर्ने लगायतका कार्यको अध्ययन गरि प्रतिवेदन पेस गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका