सोलुखुम्बुमा ८ दलका २१ जनाले उम्मेदवारी दर्ता गरे

सोलुखुम्बुमा ८ दलका २१ जनाले उम्मेदवारी दर्ता गरे

सोलुखुम्बु  । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका लागि सोलुखुम्बुमा पनि विभिन्न दलहरुले प्रत्यक्षतर्फका लागि आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

निर्बाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको समय आज २३ गते सदरमुकाम सल्लेरीस्थित मुख्य निर्बाचन अधिकृतको कार्यालय पुगि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको निर्बाचन कार्यलय सोलुखुम्बुले जनाएको छ ।  प्रतिनिधिसभा सदस्यका लागि ८, प्रदेशसभा (क) का लागि ७ र (ख) का लागि ६ जना गरि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

संघीय संसद प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मानबीर राई, पांचदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसी, नेपाल मजदुर किसान पार्टिका तारानाथ जमरकट्टेल, समाजबादी पार्टीका लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लह्मु शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्रबहादुर बस्नेत, नेकपा मालेका बिष्णु बास्तोला र नेशनल मंगोल अर्गनाइजेसनका सौबी राईले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट निर्बाचन क्षेत्र (क) मा उत्तमकुमार बस्नेत र (ख) मा बुद्धिकुमार राजभण्डारी, पाच दलिय गठबन्धनबा प्रदेश निर्बाचन क्षेत्र (क) मा नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा “कर्ज्याङ”प्रदेश (ख) बाट शिव बहादुर बस्नेत “राजेन्द्र”, राप्रपा बाट प्रदेश (क) मा नरबहादुर बस्नेत, प्रदेश (ख) प्रेमहरि दहाल, नेमकिपाले प्रदेश (क) मा कमलबहादुर मगर, प्रदेश (ख) मा नेकपा एकीकृत समाजबादीले भीमकुमार शर्मा, नेमकिपाले चेतनाथ खनाल, जसपाले भक्तबहादुर राई र महेश राना मगर, मंगोल नेशनल अर्गनाइजेसनले खेमकुमार राई र शान्ति माया रानामगरले उम्मेदवार दर्ता गराएको निर्वाचन कार्यलयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका