नेपाली काङ्ग्रेसको समानुपातिकमा कोको परे नामवलि सहित

नेपाली काङ्ग्रेसको समानुपातिकमा कोको परे नामवलि सहित

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक भएको छ ।

सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवानिकटका नेताहरू धेरै रहेको चर्चा छ ।

सूचीको पहिलो नम्बरमा नेता विमलेन्द्र निधि छन् । महिलाको पहिलो सूचीमा आरजु राणा र दोस्रो नम्बरमा नेतृ मञ्जु खाण छिन् । पर्साका चर्चित व्यापारी अनिल रुँगटा, नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा रहेको छ ।

गण्डकी मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याललाई पनि कांग्रेसले समानुपातिकको बन्दसूचीमा परेका छन् । नेताद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा छ । सह–महामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकको सूचीमा छन् ।

पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा छ । डा.यादव महाधिवेशनमा मधेसी कोटामा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतको नाम पनि समानुपातिकको सूचीमा छ । पूर्वमन्त्री रोमी गौचन थकालीको नाम पनि समानुपातिक सूचीमा रहेको छ ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ ।

केदारनरसिंह केसी पनि समानुपातिक सूचीमा छन् । सूचीमा योगेन्द्र चौधरी, कर्मा शेर्पाको नाम पनि छ । कांग्रेस नेता भरत शाहकी पत्नी अनिता ढुंगाना शाहको नाम पनि बन्दसूचीमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका