माप्य दुधकोशी ६ र ७ वाकुबाट ११ मोतिबिन्दुका विरामी छनौट

माप्य दुधकोशी ६ र ७ वाकुबाट ११ मोतिबिन्दुका विरामी छनौट

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका ६ वाकुमा आयोजित एक दिने आँखा शिविरबाट ११ जना मोतिबिन्दुका बिरामी छनौट गरिएको छ ।

आज माप्य दुधकोशी ६ स्थित हेल्पोष्टमा आयोजित आँखा शिबिरमा २२३ जनाले आँखा परीक्षण गरेको आँखा  स्वास्थ्य कार्यकर्ता दिनेश राईले बताए । जिल्ला सामुदायिक आँखा केन्द सोलुखुम्बु, तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौँको संयुक्त आयोजना तथा स्थानीय तहको समन्वयमा जिल्लाका विभिन्न स्थानमा शिविर संचालन गरिरहेकोछ ।

माप्य दुधकोशी गाउपालिकाको १ जुभिङ, ४ र ५ काँकुमा शिविर संचालन गरिसकेको छ । छनौट शिविरबाट छनौट भएको मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रियाको लागि आगामी असोज २४ र २५ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा शल्यक्रिया शिविरको आयोजना गरिएको राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका