काठमाण्डौ । आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । आगामी ४ मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफलका लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो ।
‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक रहेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ ।