काठमाण्डौ । नेकपा (एमाले) निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको अध्यक्षमा रामेछापका नाम्गेल शेर्पा सर्वसम्मत चयन भएका हुन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूवप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले शेर्पाको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा सोलुदुधकुण्ड नगरपालिकाका मेयरका प्रत्याशी आङ काजी शेर्पा निर्विरोध भए भने उपाध्यक्षमा पेम्बा शेर्पा, फुर ल्हाक्पा शेर्पा, ङवाङ निमा शेर्पा र ल्हाक्पा शेर्पा चयन भएका छन् ।
महासचिवमा आङ पेम्बा शेर्पा उप–महासचिव मिग्युर शेर्पा निर्वाचित चयन भएको छन।
सुचीकृत ५९ आदिवासी जनजातिमध्ये शेर्पा पनि एक हो । महाधिवेशनमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी करिब तीनहजार सहभागी रहेको संघले जनाएको छ ।
महाधिवेशनमा शेर्पाहरुको बाहुल्यता रहेको सोलुखुम्बु, रामेछाप, ओखलढुङगा, भोजपुर, संखुवासभा, ताप्लेजुङ लगायत विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभगी रहेको थियो ।