देशका ११ विमानस्थलमा मापदण्ड अपुग (सोलुको फाप्लु र काँगेलसहित )

देशका ११ विमानस्थलमा मापदण्ड अपुग (सोलुको फाप्लु र काँगेलसहित )

काठमाण्डौ । सोलुखुम्बु देशकै सबै भन्दा बढी विमानस्थल भएको पनि जिल्लाको दुई वटा विमानस्थल मापदण्ड अनुसारको दूरी कायम नगरि निर्माण गरिएको पाइएको छ । जिल्लाको फाप्लु र काँगेल डाँडासहित ११ वटा विमानस्थल पर्याप्त अध्ययन नगरि तथा मापदण्ड अनुसारको दूरी कायम नगरि निर्माण गरिएको महालेखा परीक्षक कार्यालयको ५९ औँ प्रतिवेदनले औँल्याएको हो ।

डोल्पाको मसिनेचौर र जुफाल, अर्घाखाँची र गुल्मीको रेसुङ्गा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, रुम्जाटार, कालकोट र साँफेबगर लगायतका विमानस्थल ५ दशमलव ८२ देखि १९ दशमलव ३५ नटिकल माइलको दूरीमा रहेका छन् । हिमाली र पहाडी क्षेत्रमा साधारणतया २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइलको दूरीमा विमानस्थल बनाउनु भए पनि दूरीको ख्यालै नगरि नजिक–नजिक विमानस्थल निर्माण भएको महालेखाले जनाएको छ । नजिकैनजिकै विमानस्थल हुदा उडानमा समस्या हुनुको साथै लगानी खेर जान सक्ने प्रतिवेदनमा उल्लेख छ ।

सुगम क्षेत्रमा मात्रै उडान सञ्चालन गर्ने, वायुसेवाले दुर्गम पहाडी क्षेत्रमा उडान सञ्चालन गर्ने, वायुसेवालाई नागरिक उड्डयन प्राधिकरणले तोके अनुसारको योगदान गर्नुपर्ने नीतिको कार्यान्वयन नभएको र सेवा सञ्चालन गरेको ५ वर्षभित्रमा वायुयान चालक, इञ्जिनियर जस्ता जनशक्ति पूर्णरुपमा नेपाली नागरिकबाट तयार हुनुपर्ने भनिए पनि त्यसो नभएको पनि उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका