WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlrQdVrZikJQAEcYKMqVsp3Ou2o7gk/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 04:10:08', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालका ९ लोखिम स्थित जे–पिन्ज गोपे गाउँघर क्लिनिकको आजबाट सञ्चालन भउको छ ।
डेस्वस जर्मनी, जेक्कोटिस इभी जर्मनी, एन.वि.एण्ड स्विजरल्याण्डको आर्थिक सहयोग तथा नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालको समन्वयमा सुविधा सम्पन्न वर्थिङ सेन्टर सहितको क्लिनिक आज एक कार्यक्रबीच थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राई संयुक्तरुपमा उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले लोखिम र जुबुका नागरिक लाभान्वित हुने गरि वर्थिङ सेन्टरसहितको जे–पिन्ज गोपे गाउँघर क्लिनिक स्थापनाका लागि दाता र समन्वयकर्तालाई धन्यवाद दिए । प्रचारमुखी काम गर्ने व्यक्ति र संस्थालाई गाउँपालिका प्रवेशमा बन्देज लगाएको भन्दै नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालको सहयोगप्रति प्रशंसा गरे ।
उद्घाटन कार्यक्रममा वडाअध्यक्ष, दातृ संस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।