खुम्बुका ५३ जना सम्मानित, ३७५ जनालाई प्रशंसा–पत्र

खुम्बुका ५३ जना सम्मानित, ३७५ जनालाई प्रशंसा–पत्र

काठमाण्डौँ । खुम्बु पासाङल्हामू गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५३ जनाखुम्बुका नागगरिकलाई सम्मान गरेको छ ।

सम्मान पाउनेमा २५ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राख्ने कामिरिता शेर्पा देखि राष्टि्रय सभा सदस्य सोनामग्याल्जेन शेर्पासम्म रहेका छन् । शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका क्षेत्रमा खुम्बुमा जन्मेर राष्ट्रलाई योगदान गरेका ५३ जनालाई सम्मान गरिएको हो ।

उनीहरुलाई काठमाण्डौम ाआयोजना गरिएको कार्यक्रममा नेकपाएमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपिशर्मा ओलीको हातबाट सम्मान–पत्र हस्तान्तरण गरिएको हो । त्यस्तै, विभिन्न क्षेत्रमा योगदान पु¥याएका ३७५ जनालाई प्रशंसा–पत्र प्रदान गरिएको छ । सोही अवसरमा एमाले अध्यक्ष ओलीले गाउँपालिकाले कार्यान्वयन माल्याउने स्मार्ट कार्डको शुरुवात समेत गरे ।

कार्यक्रममा एमाले अध्यक्ष केपीशर्माले खुम्बुले गरेको विकासबाट आफू सन्तुष्ट रहेको बताए । आफू प्रधानमन्त्री हुँदा शुरु गरेको डिजिटल नेपालको अवधारणा खुम्बु पासाङल्हामूले अबलम्बन गरेकोमा खुसी व्यक्त गरे । अधिकांश समय शेर्पा समुदायको प्रशंसामा खर्चेका अध्यक्ष ओलीले समाज परिर्वतनमा गरेको योगदानलाई स्थानीय सरकारले सम्झेकोमा धन्यवाद दिए ।

खुम्बुका कार्यवहाक अध्यक्ष टासील्हमू शेर्पाले चुनावी प्रतिबद्धताका ९५ प्रतिशतकाम पुरा भएको बताईन् । उनले चुनावी प्रतिबद्धता भन्दा बढि विकास निर्माणको कामकाम गरेको दाबीगरिन् । कोरोनाका कारण पर्यटक आवागमन बन्द हुनुने खुम्बु प्रताडित बनेको कार्यवहाक अध्यक्ष शेर्पाले बताइन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई शुरवीर, राषि्ट्रय सभा सदस्य सोनामग्याल्जेन शेर्पा, प्रदेश नं १ का सांसदद्धय बुदि्धकुमार राजभण्डारी र उत्तम बस्नेत, माप्य दुधकोशी गाउँपालिक अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनिता मगर, नेकपा एमाले प्रदेश नं.१ सदस्य महेश किराती लगायतको उपस्तिथी थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका