काठमाण्डौ । सोलुखुम्बु माप्यदुधकोशी गाउपालिकाको ७ वटै वडामा अपाङ्गता परिचयपत्र वितरण शिविर सञ्चालन हुने भएको छ । अपांगता भएकाहरुलाई परिचयपत्र वितरण गर्न गाउपालिकाले यहि पुस १४ गते देखि १९ गतेसम्म शिबिर सञ्चालन गर्न लागेको उपाध्यक्ष जुनीतामाया मगरले जानकारी दिए । उनका अनुसार शिबिरमा सेवा लिन आउँदा तिन पुस्ते विवरण, अपांगता झल्किने फोटो सहित स्वयम ब्यतिm उपिस्थत हुनुपर्ने छ ।
गाउपालिकाको महिला तथा बालबालिका शाखाले सञ्चालन गर्ने शिविरमा पुस १४ गते वडा नम्बर ७ का लागि वडा कार्यालय हाकुला, १५ गते वडा नम्बर ६ का लागि वाकु स्वास्थ्य चौकी, वडा नम्बर ४ र ५ का लागि १७ गते कोफु स्वास्थ्य चौकी, वडा नम्बर १ र २ का लागि १८ गते अधेरी हेली प्याड र वडा नम्बर ३ का लागि पौष १९ गते खास्ताब स्वास्थ्य चौकीमा सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष जनीता माया मगरले जानकारी दिए ।