WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAQueKd/zLg.ojwVBp8l7QwBLc3JvR1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 12:54:52', '', 'admlnlx', 'admlnlx')

काङ्ग्रेस सोलुखुम्बु जिल्ला सभापतीमा बस्नेत र शेर्पा कस्ले मार्ला बाजि – Gaule Khabar

काङ्ग्रेस सोलुखुम्बु जिल्ला सभापतीमा बस्नेत र शेर्पा कस्ले मार्ला बाजि

काङ्ग्रेस सोलुखुम्बु जिल्ला सभापतीमा बस्नेत र शेर्पा कस्ले मार्ला बाजि

काठमाण्डौ । नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा र विनोद कुमार बस्नेत वीच प्रतिस्पर्धा हुने भएको छ । सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा र हालका जिल्ला सभापति विनोद कुमार बस्नेत ले आज (बुधबार) मनोनयन दर्ता गरेको निर्वाचन समिति सोलुखुम्बुले जनाएको छ ।

बिनोद बस्नेतको प्यानलबाट उपसभापतिमा घनराज सुनुवार र फुदोर्जी शेर्पा, सचिवमा भलाकाजी कुलुङ र युवराज घिमिरे तथा सह–सचिवमा ङिमछिरी शेर्पा र मान बहादुर राईलाई उम्मेद्वार बनाइएको छ भने शेर्पाको प्यानलबाट उपसभापतिमा सुर्य कुलुङ र गणेश बस्नेत, सचिवमा दावागेलु पाख्रिन र सविता राई तथा सह–सचिवमा नविन बस्नेत र उत्रमान राईले उम्मेद्वारी दर्ता गरेका छन ।

नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभा ‘क’ मा ४६३ जना र प्रदेश सभा ‘ख’ मा ४६१ जना गरी ९२४ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् । कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन भोली (विहिबार) सदरमुकाम सल्लेरीमा हुने भएको छ ।

सभापतिको दाबेदार नेताद्वय शेर्पा जिल्लाका पुर्वपार्टी सभापति आङ गेलु शेर्पा निकटका हुन् भने बस्नेत पुर्वमन्त्री बल बहादुर केसी निकटका हुन । जिल्ला सभापतिको दावेदार दुवै पक्षले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका