सोलुमा कांग्रेसको दुई वटै क्षेत्रमा मतदान सकियो, मत गणनाको तयारी हुँदै

सोलुमा कांग्रेसको दुई वटै क्षेत्रमा मतदान सकियो, मत गणनाको तयारी हुँदै

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुको दुई वटै प्रदेश क्षेत्रमा मतदान सकिएको छ । कांग्रेसको क्षेत्रीय अधिवेशन अन्र्तगत आज (सोमबार) भएको मतदानमा प्रदेश सभा ‘क’ मा ४३६ र ‘ख’ मा ४३२ मत खसेको निर्वाचन समितिले जनाएको छ । प्रदेश सभा ‘क’ मा ४६३ क्षेत्रीय प्रतिनिधि मध्ये २७ जना र ‘ख’ मा ४६१ क्षेत्रीय प्रतिनिधि मध्ये २९ जना अनुपस्थित रहेको जिल्लामा खटिआएका निर्वाचन अधिकृत कैलाश गुरुङले जानकारी दिए ।

उनका अनुसार मतदान प्रदेश सभा ‘क’ को मुक्ली र प्रदेश सभा ‘ख’ को सल्लेरीमा भएको हो । पदाधिकारीहरुका लागि पुर्वमन्त्री बल बहादुर केसी खेमा र पुर्वजिल्ला सभापति आङ गेलु शेर्पा खेमाका उमेरद्वारहरु चुनावी प्रतिस्पर्दामा छन् ।

प्रदेश सभा ‘क’ को क्षेत्रीय सभापतिमा धनजन राई र रोशनबाबु थुलुङ विच प्रतिस्पर्धा हुने छ । राई पुर्वमन्त्री केसी खेमाका हुन् भने थुलुङ पुर्वजिल्ला सभापति शेर्पा खेमाका हुन् । प्रदेश सभा ‘ख’ को क्षेत्रीय सभापतिमा पे्रम थापा मगर र कर्मा शेर्पा विच प्रतिस्पर्धा हुने छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका