दुई किलो अफिमसहित तीनजना पक्राउ

दुई किलो अफिमसहित तीनजना पक्राउ

काठमाण्डौं । नेपाल प्रहरीले दुई किलो २२४ ग्राम लागुऔषध (अफिम) सहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले लागुऔषध अफिम कारोवारमा सम्लग्न पूर्वी रुकुमका ४१ वर्षीय धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुनलाई शनिबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले पुनलाई काठमाडौँ महानगरपालिका–२६ ठमेल र अन्य दुईलाई मित्रनगर, नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ठमेलमा अफिम बोकेर कारोवार गर्न हिँडिरहेको अवस्थामा पुनलाई पक्राउ गरेर सोधपुछ गर्दा अन्य दुईजनासँग पनि अफिम रहेको खुलेपछि तीन जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पुनसँग एक किलो २०० ग्राम र अन्य दुईसँग एक किलो २४ ग्राम अफिम बरामद गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका