काठमाडौं । विश्वका विभिन्न देशमा रहेका नेपाली महिलाहरुको साझा संगठनको रुपमा “अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति” रहेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति गठन अध्यक्षमा डाक्टर रेणुका ‘सोलु’ चयन भएकी छिन् ।
समितिको अध्यक्षमा डाक्टर रेणुका ‘सोलु’ नेपाल, वरिष्ठ उपाध्यक्ष उर्मिला निर्दोषी अमेरिका, उपाध्यक्षहरुमा नजवुल खान ‘निलमु नेपाल, मन्जु पन्त क्यानडा र नमिता दवाडी न्युजिल्याण्ड रहेकी छिन ।
महासचिवमा शुभद्रा थापा भण्डारी अस्ट्रिया, सचिवमा लिली अधिकारी नेपाल, कोषाध्यक्षमा शुभलक्ष्मी कोइराला नेपाल सदस्यहरुमा सीता अधिकारी नेपाल, इन्दिरा चाम्लिङ बेल्जियम, अन्जिता सुनार नेपाल, याङ्जी शेर्पा नेपाल, सुमित्रा राई चीन , सुजता घलान युएई र गीता निरौला जापान रहेकी छन् ।