WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bi41Gm/cGWm2bo.SUeoKLgdgzMdF0e/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 19:47:27', '', 'admlnlx', 'admlnlx')

प्यारी बहिनी – Gaule Khabar

प्यारी बहिनी

किशोर बाहुङ राई

प्यारी बहिनी

रि बहिनि
च्याङ्माखाको दुर कुइनेटाेबाट
धेरै-धेरै माया
अनि
अमिट सम्झना

निरुत्तर छु म
खै कस्काे अक्षाम्य गल्ति हाे
खापि कीकी या खापी पीपीकाे?
कीकी या पीपीकाे?
न मामा-पापाकाे?
न मेराे? न तिम्रो?
कसको भुल भनु
समयको वा समाजको?
प्रश्न चिन्ह तेर्सिरहेको छ युगौदेखी।

निनाम्रेङ्माको कोखबाट
सृष्टि सिर्जिएजस्तै
मामाको कोखदेखी ओर्लिएपछी
तिमी,तिमी भयौ
म,म भए

कोक्रोमा तिम्रो रक्खे खुर्पी भयो
मेरो रक्खे कर्दो
मेरो हातमा हालोको अनौ
तिम्रो हातमा कुचो थमियो
मेरो हातमा कलम हुँदा
तिम्रो हातामा हसिया
हो; बहिनी घामजुनसङ्ग सोध्न मन छ
बताससङ्ग सोध्न मन छ।
किन तिम्रो शिरोपरमा पोथी चल्ला चढाइन्छ
मेरो शिरोपरमा भाले चाहिन्छ
आखिर साया-देउता एउटै त हो नि।

एउटै मुहानबाट सुरुभएर
आ-आफ्नै किनारहरु
च्यप्दै-च्यप्दै जादा
हलोजुवा छोडेर कहाँ पुगे
कलमकापी छोडेर कहाँ पुगे पसिना बगाउन

तिमी हसिया लिएर
सपनाका पीपीरिहरु काट्दै-निमाेठ्दै
असन्तुष्टिका डाेकाेहरु भरिरह्याै
तिम्रो किनाराको बस्तीमा।

वचपनहरु सम्झिएर घोत्लिरहेको छु
कीकीलाई सम्झेर!
पीपीलाई सम्झेर!!!
मामा-पापालाई पनि
मलाई किन सठ्याउनुहुन्थ्याे कीकी?
तिमिलाई खुट्टाले छुँदा
किन? मलाई पाँचरुपे टीका लगाईदिदाँ
तर, तिमिलाई बीस रुपे
किन हरेक हङ(सेग्रो) अधुरो
तिम्रो अनुस्पथितिमा
म जवाफ खोजिरहेको छु अचेल।

तिम्रो तानबुन्ने सीप देख्दा खुसी लाग्छ
भश्मे फाँड्ने ज्ञान अजीव लाग्छ
गर्व छ, तिमिलाई पाउँदा याे जन्ममा पाउँदा
आत्मीय प्रेमले पाउछोइ
स्यिवा फर्काउन पाउँदा
हो, स्यिवा फर्काउन पाउँदा
धेरै-धेरै माया
अनि
अमिट सम्झना-प्यारी बहिनी।
# किशोर बायुङ राई।
नेचासल्यान-१,ख्याम्पु।

नोट: बायुङ भासाको शब्दहरु:

च्याङ्माख: धर्ती
खापी किकि:जिजुबुवा
खापी पिपि:जिजुआमा
किकि:हजुरबुवा
पिपि:हजुर आमा
मामा :आमा
पापा:बुबा
हङ/सेग्रो: पैतृक सम्मानमा गरिने सबभन्दा ठुलो सस्कर
स्यिवा: ढोग

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका