विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुत्ति

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुत्ति

नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ । कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को  माघ २६ गते  बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए ।

झन्डै ३ दशक अनुभव भएका  शाक्यलाई प्राधिकरण तथा ऊर्जा क्षेत्रमा सक्षम व्यक्तिको रुपमा लिइन्छ ।यस अघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए । शाक्यलाई कुलमानको सेलिब्रेटी स्टयाटसको चुनौती छ । यद्यपि उनले आफुले सकेसम्म प्राधिकरणलाई माथि उठाउँने गरी काम गर्ने र लोडसेडिङ हुनै नदिने यस अघि नै एक पत्रकार सम्मेलनमा वताईसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका