सोलुखुम्बुमा वडा अध्यक्षदेखि स्वास्थ्यकर्मीसम्मलाई कोरोना पुष्टि

सोलुखुम्बुमा वडा अध्यक्षदेखि स्वास्थ्यकर्मीसम्मलाई कोरोना पुष्टि

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा (कोभिड १९) कोरोना संक्रमणको सङ्ख्यामा बड्न थालएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मंगलबार थप संक्रमित भेटिएसँगै पुष्टि भएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाले स्वाब संकलन गरि परीक्षण गर्दा मंगलबार ५ जनामा कोरोना पोजेटिभ देखिएको सोलुदुधकुण्ड नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरले जानकारी दिए । उनका अनुसार एक वडा अध्यक्ष, एक वडा सचिव, एक स्वास्थ्यकर्मी र व्यवसायीलाई कोरोना पोजेटिभ देखिएको हो ।
गत शुक्रबार ६४ जनाको स्वाब संकलन गरि बिराटनगर परीक्षणमा पठाईएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै, तल्लो सोलुहाईड्रोपावरमा कार्यरत थप ७ जना मजदुरमा पनि मंगलबार नै संक्रमण पुष्टि भएको छ । थप २ सय १७ जनाको पिसिआर परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई होटल आईसोलेसन काठमान्डौ पठाईएको छ । यस सँगै मंगलबार एकै दिन सोलुखुम्बुमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस अघि कोरोना संक्रमण पुष्टि भई जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका १८ बर्षिया एक पुरुषको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएको छ ।
१० बेडको जिल्ला अस्पताल फाप्लुको आईसोलेसन वार्डमा यस अघि नै ४ जना संक्रमित रहेका छन् ।

यस अघि लिखु हाईड्रोपावरमा काम गर्ने ४७ जना र तल्लो सोलु हाईड्रोपावरमा काम गर्ने ११ जना मजदुरमा समेत कोरोना पोजेटिभ देखिएको थियो । दशै तथा तिहार जस्ता चाडपर्व नजिकिदै गर्दा जिल्ला भित्रनेको चाप उच्च भएपनि उच्च सतर्कताको लागि स्थानीय सरकारले ठोस कदम चालेको पाइदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका