गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित पाँपोखरी मेला जाने क्रममा एक किशोरीको लेक लागेर मृत्यु भएको छ ।
महाकुलुङ स्थित पाचपोखरी मेलामा अस्थायी पसल सञ्चालन गर्न जादै गर्दा छेस्काम निवासी १९ बर्षीय भविकुमारी कुलुङको मृत्यु भएको हो ।
शुक्रबार पाँपोखरी जानेक्रममा लेक लागेर बिरामी भएको उपचारको लागि घरतर्फ फकाईदै गर्दा शनिवार चौतारमा ज्यान गएको महाकुलुङ स्थित प्रहरी इन्चार्जले जानकरी दिए ।