अध्यक्ष द्वयबीचकाे वार्ता सकियाे बाँकी भोली…..

महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरको पनि उपस्थिति

अध्यक्ष द्वयबीचकाे वार्ता सकियाे बाँकी भोली…..

गाउँले न्युज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भइरहेको वार्ता सकिएको छ । बिहान साढे ११ बजेबाट शुरु भएको वार्ता सवा २ बजे सकिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी गराए ।

अध्यक्षद्वयसँग महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरको पनि उपस्थिति रहेको उहाँले बताए । पार्टीभित्र असमझदारी बढेपछि त्यसलाई सल्टाउन दुई अध्यक्षबीच निर्णायक वार्ता भएको बुझिएको छ । छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो ।

दलका नेताहरूले दुई अध्यक्षबीच सहमति हुनुपर्ने र पार्टी फुट्नबाट जोगाउनुपर्ने दबाव दिइरहेका बेला दुई अध्यक्षबीच वार्ता भएको हो । शनिबार बिहान ११ बजे पार्टीको स्थायी कमिटीको बैठक आव्हान गरिएको छ । सोअघि सहमतिमा पुग्नैपर्ने दबाव अध्यक्षहरूलाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका