सिन्धुलीजिल्ला प्रवेश निशेध गर्ने निर्णय

सिन्धुलीजिल्ला प्रवेश निशेध गर्ने निर्णय

 

जेठ १, काठमाडौं – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले छिमेकी जिल्लासँगको आवतजावतलाई बन्द गर्ने निर्णय गरेको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्बदलीय बैठकले छिमकी जिल्लाबाट सिन्धुली प्रवेश पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको  अन्नपुर्ण पोस्टमा खबर छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्लामा सतर्कता अपनाउँन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार अन्य जिल्लासँग हुने आवतजावतलाई पुर्णरूपमा निरुत्साहित गर्नका लागि सुरक्षाकर्मी परिचालन गरिने र स्थानीयतहबाटसमेत पहल गरिनेछ ।

छिमेकी जिल्लाहरु उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतमा कोराना भाइरसको संक्रमितहरु बढ्दै गएपछि जिल्लामा आवगमन बन्द गर्न यस्तो निर्णय गरिएको जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका